Thursday, March 28, 2024
Homeबैंक–वित्तनबिल बैंकको वित्तीय विवरण सार्वजनिक ,९ महिनाको नाफा ३ अर्ब ३५ करोड

नबिल बैंकको वित्तीय विवरण सार्वजनिक ,९ महिनाको नाफा ३ अर्ब ३५ करोड

६ वैशाख, काठमाण्डौ । नबिल बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ९ महिनाको अवधिमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

विवरणअनुसार बैंकको खुद नाफामा ८ दशमलव ९१ प्रतिशतले गिरावट आएको देखिएको छ।

तेस्तै , बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ३० प्रतिशतले बढेको छ। जसअनुसार खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ देखिएको छ।

साथै बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशतबाट बढेर १ दशमलव १४ प्रतिशत पुगेको देखिएको छ।

तेस्रो त्रैमासिकसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ २९ पैसा रहेको छ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments