Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियनिगमलाई साताको तीन दिन व्यावसायिक उडान गर्न साउदी अरेबियाको अनुमति

निगमलाई साताको तीन दिन व्यावसायिक उडान गर्न साउदी अरेबियाको अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगम(नेवानि)ले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ ।

साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेसँगै ठूलो संख्यामा नेपाली कामदार रहेको साउदी अरबमा नेपाली ध्वजाबाहक जहाजको उडान सहज भएको हो ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले नेवानिलाई आइतबार उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

यसैबीच नेवानिले आइतबार विज्ञप्ति जारी गरी काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments