Thursday, March 28, 2024
Homeअर्थतन्त्रनिषेधाज्ञा अवधिमा पनि पूरै समय सेयर कारोबार हुन्छ : प्रवक्ता गिरी

निषेधाज्ञा अवधिमा पनि पूरै समय सेयर कारोबार हुन्छ : प्रवक्ता गिरी

काठमाडौं : नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा अवधिमा पनि सेयर बजार नियमित समयमै –बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सञ्चालन हुने बताएको छ । यसअघि नेप्सेले पनि बजार नियमितरुपमा सञ्चालन हुने जानकारी गराएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि बुधबार रातिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी हुँदैछ । सोही कारण कतिपय लगानीकर्ता बजार खुल्छ वा खुल्दैन भन्नेमा अन्योलमा पनि रहेका थिए । तर बजार सञ्चालक र नियामकले नेप्से कारोबार नियमित हुने बताएका हुन् ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘ निषेधाज्ञा अवधिमा पनि नेप्सेको कारोबार अहिलेकै जस्तै नियमित हुन्छ ।’ यता, बजार सञ्चालक तथा नियामक निकायहरुले पूर्णअनलाइन प्रणालीको कारोबारलाई जोड दिएका छन् । ग्राहकहरु ब्रोकर कार्यालयमा जानुपर्र्ने बाध्यता छैन । कारोबार तथा भुक्तानीका कामहरु अनलाइन प्रणालीबाट सम्पन्न गर्न सकिन्छ ।

नेप्सेको पछिल्लो तथ्यांक अनुसार अनलाइनबाट दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार नाघेका छन् । दोस्रो बजारमा सक्रिय भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

यता, सीडीएसको तथ्यांक अनुसार १७ लाख ७६ हजार ३३७ जनाको हितग्राही खाता (डिम्याट अकाउन्ट) रहेको छ । यसआधारमा अहिलेसम्म आफैंले पूर्णप्रविधि प्रयोग गर्ने लगानीकर्ताको संख्या भने न्यून रहेको देखिन्छ । तथापि, पछिल्लो समयमा अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ । सरकारले बुधबार अर्थात भदौ ३ गते मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments