Friday, March 29, 2024
Homeमुख्य समाचारनेकपा नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

नेकपा नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

६ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments