Thursday, March 28, 2024
Homeसमाचारनेपालगञ्जमा कारको ठकरबाट २ बालबालिका सहित तीनको पैदलयात्रीको मृत्यु

नेपालगञ्जमा कारको ठकरबाट २ बालबालिका सहित तीनको पैदलयात्रीको मृत्यु

२८ चैत, बाँके । नेपालगञ्जमा कारले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । बिपी चोक नजिकै सडकमा हिडिँरहेकालाई कारले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।

कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका–११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो । पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए ।

ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कार चालक नेपालगञ्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments