Thursday, April 25, 2024
Homeअर्थतन्त्रनेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने !

नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने !

नेपाल राष्ट्र बैंकको एक अनुसन्धानले नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको अधिकतम संख्याका विषयमा गरिएको राय सर्वेक्षण नतिजाले सो निष्कर्ष निकालेको हो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउन मर्जरमा जोड दिँदै आएको छ। सोहि क्रममा नेपाल राष्ट्र बैंकले एक सर्वे गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ,सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सो सर्वे गरेको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनका १४० जना र विशेषज्ञ समूहका ९० जना गरी कुल २४० जनासँग राय सर्वेक्षण गरेको थियो । उनिहरुमध्ये अधिकांशले हाल नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकता भन्दा बढी भएको बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये आधाले नेपालमा वाणिज्य बैंकहरुको संख्या ११ देखि १५ वटा उपयुक्त हुने धारणा राखेका छन् । त्यस्तै, अन्य २०५ उत्तरदाताले ५ देखि १० वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् । साथै, १५५ उत्तरदाताले १६ देखि २० वटा र बाँकी उत्तरदाताले २० देखि २५ वटा वाणिज्य बैंक हुनुपर्ने धारणा रखेका छन् ।

प्रोत्साहनसहितको मर्जरका पक्षमा करिब ५७५ सहभागीले राय दिएका थिए भने २०५ ले फोर्सफुल बिग मर्जरको पक्षमा राय दिएका थिए । यस्तै, १७५ सहभागी स्वेच्छिक मर्जर र बाँकी सहभागी भने पुँजी वृद्धिबाट मर्जरको पक्षमा देखिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments