Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियपुटिनका आलोचक विपक्षी नेतालाई विष खुवाइयो !

पुटिनका आलोचक विपक्षी नेतालाई विष खुवाइयो !

४ भदौ, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नेवलनीलाई बेहोसी अवस्थामा अस्पताल भर्ना गरिएको छ । उनलाई विष दिइएको हुनसक्ने उनका प्रवक्ताले बताएका छन् ।

भ्रष्टाचार विरोधी नेता नेवलनी विमान यात्राको क्रममा बिरामी भएका थिए । मस्कोबाट अम्स्क फर्किने क्रममा उनको अवस्था गम्भीर भएपछि विमान ओम्स्कमा आपतकालीन रुपमा अवतरण गर्नु परेको थियो ।

उनका प्रवक्ताले भने उनलाई दिइएको चियामा केही मिसावट भएको हुनसक्ने आशंका गरेका छन् । उनले विहान चिया मात्र पिएका थिए ।

४४ वर्षका नेवलनीको अवस्था स्थिर तर गम्भीर रहेको अस्पतालले बताएको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments