Friday, March 29, 2024
Homeमनोरञ्जनफिल्म रिलिजपछि टुट्यो सारा र कार्तिकको मित्रता

फिल्म रिलिजपछि टुट्यो सारा र कार्तिकको मित्रता

बलिउडमा चलचित्रको प्रचारका लागि कलाकारको सम्बन्धको समेत हल्ला गरिन्छ । चलचित्र प्रचारका लागि कलाकारविच प्रेम हुन्छ र चलचित्र रिलिजपछि त्यो टुट्छ ।

नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा पनि बलिउडमा खुबै चल्यो । कफि विथ करण नामक शोमा साराले आफू कार्तिकसँग डेट जान चाहेको बताइन् । यसपछि सुरु भएको उनीहरुको मित्रता र प्रेमको चर्चा अहिले भने सेलाएको छ ।

भारतीय मिडियाका अनुसार चलचित्र रिलिजपछि कार्तिक र साराको प्रेम टुटेको र उनीहरुले एक अर्कासँग दुरी बनाउन थालेको उल्लेख गरेका छन् । अब, कार्तिक र साराले एक अर्कालाई इन्स्टाग्राममा पनि साथी नबनाउने निर्णय गरेका छन् । दुबैले एक अर्कालाई अनफलो गरेका छन् ।

उनीहरु एक अर्काको कुनै पनि गतिविधीमा सरोकार नराख्ने सोचमा पुगेको वुझ्न सकिन्छ । बलिउडमा यस्ता कैयौ जोडी छन्, जसको प्रेम चलचित्र रिलिजको समयमा चल्ने र रिलिजपछि टुट्ने गरेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments