Friday, April 19, 2024
Homeसमाचारबाँकेमा शौचालयबाट भागेका कैदीबन्दी आधा घन्टाभित्रै पक्राउ

बाँकेमा शौचालयबाट भागेका कैदीबन्दी आधा घन्टाभित्रै पक्राउ

१७ चैत, बाँके । बाँकेमा अस्पतालको शौचालयबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। जुम्लाका ३८ वर्षीय हरिमान कामी नेपाल-भारत सीमाना क्षेत्रको जंगलतर्फ प्रवेश गर्ने क्रममा पक्राउ परेको हुन् ।

जबरजस्ती करणी र ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका कामीले बुधबार आफू बिरामी भएको भनेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुगेपछि कामीले आफूलाई शौच लागेको भन्दै शौचालय पसेका थिए । ट्वाइलेटभित्र प्रवेश गरी चुकुल लगाएका कामीले ट्वाइलेटको पछाडिको जाली च्यातेर हाम फाली भागेका थिए ।

शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले उनलाई फेरि नियन्त्रणमा लिएको छ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments