Friday, March 29, 2024
Homeराजनीतिबाजुराः एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुदाँ तीन राउन्ड हवाईफायर

बाजुराः एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुदाँ तीन राउन्ड हवाईफायर

३० वैशाख, काठमाण्डौ । बाजुरामा मतदानका लागि लाइनमा बस्ने विषयमा आज नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान समेत भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बूढीगंगा नगरपालिका–९ मा झडप भएको र स्थिति नियन्त्रणमा लिन तीन राउन्ड हवाईफायर गर्नुपरेको बताए ।

“स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भयो । स्थिति नियन्त्रण बाहिर जाने भएपछि तीन राउन्ड हवाईफायर गर्नुपरेको हो,” उनले भने ।

अधिकारीका अनुसार झडपपश्चात् केही बेर मतदान स्थगित भएको थियो । अहिले पुनः मतदान सुरु भइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments