Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियबेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने

बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने

एजेन्सी । ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रवार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताएका हुन् ।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने लागत जस्तोसुकै भए पनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’, वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत बताएका छन् ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments