Friday, April 19, 2024
Homeसमाचारबेपत्ता भएको दुई महिना एक युवकको शव फेला

बेपत्ता भएको दुई महिना एक युवकको शव फेला

१९ जेठ, रोल्पा । घरबाट बेपत्ता भएको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।

स्रोतका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए ।

खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments