Thursday, March 28, 2024
Homeसमाचारभारतमा करेन्ट लाग्दा ११ जनाको ज्यान गयो

भारतमा करेन्ट लाग्दा ११ जनाको ज्यान गयो

भारत । भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा सो घटना भएको हो ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो ।

घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments