Tuesday, April 16, 2024
Homeसमाचारभैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

भैरहवामा होटेलको छतबाट खसेर युवकको मृत्यु

२८ जेठ, काठमाण्डौ । रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments