Friday, March 29, 2024
Homeमुख्य समाचारभोलीबाट अपीको शेयर लिलामी खुलाइने

भोलीबाट अपीको शेयर लिलामी खुलाइने

१७ जेठ, काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले जेठ १८ गतेबाट शेयर लिलामीमा राख्ने भएको छ। अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता शेयर लिलामीमा राखिने भएको हो।

गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म शेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा राख्न लागिएको हो।

यो लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो लिलामी शेयरमा इच्छुक जोकोही व्यक्ति कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments