Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियमलेसियामा अवैध रूपमा बसेका १६ नेपालीसहित ८६ जना आप्रवासी श्रमिक पक्राउ

मलेसियामा अवैध रूपमा बसेका १६ नेपालीसहित ८६ जना आप्रवासी श्रमिक पक्राउ

काठमाडौँ । मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अवैधानिक रुपमा रहेका उनीहरूलाई गत शनिबार जोहरबारुको सेनाइ औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा १६ नेपालीसहित ६४ भारतीय, म्यानमारका ३ र बंगलादेशका ३ जना गरी ८६ जनालाई नियन्त्रणमा लिएको हो । ती सबै २० देखि ४० वर्ष उमेर समूहका भएको जनाइएको छ ।

पक्राउ गरिएकाहरूबाट कुनै पनि वैधानिक कागजात फेला नपरेको बताइएको छ । उनीहरूमाथि अध्यागमन ऐन उल्ल‌ंघन गरेको आरोप छ । अवैध रूपमा बसेकोले उनीहरूलाई कानुनी कारबाही हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments