Tuesday, April 16, 2024
Homeअन्तर्राष्ट्रियमस्कले ४४ अर्ब डलरमा खरिद गरे ट्वीटर

मस्कले ४४ अर्ब डलरमा खरिद गरे ट्वीटर

एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेको छन् ।

मस्कले दुई हप्ता अघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए ।

मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’

यस सम्झौतासँगै सार्वजनिक रुपमा कारोबार गर्ने कम्पनी ट्वीटर अब मस्कको स्वामित्वमा रहेको नीजि कम्पनी हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments