Thursday, April 25, 2024
Homeअन्तर्राष्ट्रियमारिओपोलको अस्तित्व मेटिएको युक्रेनकै विदेशमन्त्रीको स्वीकारोक्ति

मारिओपोलको अस्तित्व मेटिएको युक्रेनकै विदेशमन्त्रीको स्वीकारोक्ति

एजेन्सी । रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरूमा गोलाबारी र हवाई हमला फेरि तीव्र पारेका छन् । ओडेसा नजिकैको शहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरू निरन्तर बजिरहेका बीबीसीले जनाएको छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह शहर मारिओपोलको अब कुनै अस्तित्व नरहेको बताएका छन् ।

झण्डै २ महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ । यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल शहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन्

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments