Friday, March 29, 2024
Homeसेयर बजारयी हुन् बम्पर लाभांश दिएर सेयरधनीलाई मख्ख पार्ने ५ कम्पनी

यी हुन् बम्पर लाभांश दिएर सेयरधनीलाई मख्ख पार्ने ५ कम्पनी

१.युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपालले गत आर्थिक वर्ष ७७/७८ काेे मुनाफाबाट सेयरधनीहरुका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गरेकाे छ । याे लाभांश नै गत आर्थिक वर्ष २०७७/७८ काे उच्च लाभांश हाे ।

२. हिमालयन डिष्टिलरी

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे थियाे ।

३. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

५. मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments