Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रिययुक्रेनी सैनिक फौजलाई बेलायतले तालिम दिदै

युक्रेनी सैनिक फौजलाई बेलायतले तालिम दिदै

एजेन्सी । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।

यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments