Tuesday, April 16, 2024
Homeअर्थतन्त्रलगातार घटेको सेयर बजारमा आज हरियाली, ६० दशमलव २२ अंकले...

लगातार घटेको सेयर बजारमा आज हरियाली, ६० दशमलव २२ अंकले बढ्यो

२५ जेठ, काठमाण्डौ । लगातार घटेको सेयर बजार परिसूचक नेप्से आज भने उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव २२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि ११ दशमलव २५ अंकले घटेर ४०० दशमलव ३७ बिन्दुमा पुगेको छ ।

यस दिन २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज फाइनान्स समूहको सेयरमूल्य सबैभन्दा ५ दशमलव ०३ प्रतिशतले बढेको छ ।

बुधबार १९३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments