Thursday, March 28, 2024
Homeखेलकुदविश्वकप क्रिकेट लिग-२ एयुएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने

विश्वकप क्रिकेट लिग-२ एयुएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने

विश्वकप क्रिकेट लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो ।

युएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा पीएनजीलाई नै सात विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा चारपटक आमने(सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान दुईपटक जित हात पारेका छन् ।

लिगमा युएई १५ खेलमा आठ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments