Tuesday, April 16, 2024
Homeमुख्य समाचारवीरगञ्जमा कुलमान घिसिङ खबरदारको नारा

वीरगञ्जमा कुलमान घिसिङ खबरदारको नारा

हिजोआज तराई मधेसमा अत्यधिक गर्मी छ । यही बेला विद्युत अनियमित गर्मी छल्न पंखा चलाउने सर्वसाधारणदेखि उद्योग चलाउने उद्योगीसमेत मर्कामा परेका छन् ।

पर्सा बारा क्षेत्रमा यो समस्या लामो समयदेखि चलिरहेको छ । अति नै भएको भन्दै वीरगञ्ज वासिन्दाले आन्दोलन सुरु गरेका छन् । यसअघि जेठ ३० गते विद्युत प्राधिकरणको वीरगञ्ज वितरण केन्द्र अगाडि प्रदर्शन गरेका युवाको समूहले आइतबार पनि प्रदर्शन गरेको थिए ।

आइतबार भएको प्रदर्शनका सहभागीले कुलमान घिसिङ खबरदार, विद्युत कटौती बन्द गर, जनतालाई दुःख दिन पाइदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

आन्दोलनको अगुवाइ गरिरहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता ओमप्रकाश सरार्फले प्राधिकरणको लापरवाहीले सर्वसाधारण जनताले दिनहँु सास्ती खेप्न बाध्य भएको बताए ।

‘छिन छिनमा बिजुली जाने, बिना सूचना लोडसेडिङ गर्ने, भोल्टेज कमवेशी आउने गरेको छ । यो विद्युत प्राधिकरणको लापरबाहीको परिणाम हो’, उनले भने, ‘पहिले पनि प्रदर्शन गरेका हौं, आश्वासन दिए अनुसार सुधार भएन, रातभरिमा पटक पटक लाइन काटिन्छ । त्यसैले पुनः प्रदर्शनमा उत्रिएका हौं ।’

पटक पटक विद्युत आउने जाने र भोल्टेज तलमाथि हुँदा पंखा, टिभी, फ्रिज लगायत घरायसी विद्युतीय समान जल्ने समस्या देखिएको पनि सर्राफले बताए ।

‘नेपालले बिजुली भारतलाई बेचिरहेको छ भन्ने सुनिन्छ, बिजुली बेचेर आम्दानी लिनु राम्रो हो तर यहाँ आफ्नो जनता बिजुलीका लागि त्राहिमाम छ । जनताको आवश्यकता पहिले पूरा हुनुपर्छ’ उनले भने ।

प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले स्थानीय स्तरबाट समाधान हुन सक्ने समस्या आफैं समाधान गर्ने र पूरा गर्न नसकिने समस्या समाधानका लागि माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिए पनि पूरा नभएको प्रदर्शनकारीको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments