Saturday, April 20, 2024
Homeअर्थतन्त्रसकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

सकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो ।

डिजिटल बैंकिङ्ग (मोबाइल÷इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ । एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments