Friday, April 26, 2024
Homeबजारसमाज लघुवित्तको आइपीओमा पहिलो दिनमै यसरी पर्यो आवेदन

समाज लघुवित्तको आइपीओमा पहिलो दिनमै यसरी पर्यो आवेदन

काठमाडौं  :  समाज लघुवित्त वित्तीय संस्थाको आइपीओमा बिक्री खुला गरेको पहिलो दिनमा आक्रमक रुपमा आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ५१ हजार ८०० जनाले १३ लाख ९०० कित्ताको लागि आवेदन दिएका छन् । कुल १३ करोड ९ हजार रुपैयाँ बरारको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा १६.१२ गुणा बढी आवेदन हो । 
  समाजले बिहीबार (भदौ ४ गते) बाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५% कर्मचारीहरुका लागि र कुल निष्कासनको ५% अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
  लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments