Friday, April 19, 2024
Homeमुख्य समाचारसुख्खा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

सुख्खा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

६ भदौ, चितवन । सुख्खा पहिरो आएर गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् ।

जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप निकै कम छ ।

यस वर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढी पटक पहिरो खसेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments