Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियसुडानः चरम खाद्य संकटको सामाना गर्दै नागरीक

सुडानः चरम खाद्य संकटको सामाना गर्दै नागरीक

एजेन्सी । सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ। त्यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार त्यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन्।

केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार त्यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ।

खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्धन्द्ध पनि रहेको छ। साथै नागरिकमा आन्तरिक द्धन्द्ध र आर्थिक अवस्था पनि जोडिएको छ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments