Friday, April 19, 2024
Homeमनोरञ्जनसुशान्तको मुद्दामा नबोलेको भन्दै अमिताभमाथि कंगनाको आक्रोश

सुशान्तको मुद्दामा नबोलेको भन्दै अमिताभमाथि कंगनाको आक्रोश

बलिउड नायिका कंगना रनावतको आक्रोश बलिउडकर्मीमाथि जारी छ । उनले बलिउडका नाम चलेका कलाकारमाथि आक्रोश व्यक्त गरिरहेकी छिन् । यसैविच, उनले नायक अमिताभ बच्चनमाथि पनि टिप्पणी गरेकी छिन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न घटनाक्रम र भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलको भन्दै कंगनाले अमिताभको टिप्पणी गरेकी छिन् ।

कंगना भन्छिन्–‘अमिताभ बच्चन बलिउडका महानायक हुन् । तर, उनी राम मन्दिर निर्माण होस् या सुशान्तको निधनपछि विकसित घटनाक्रमका बिषयमा बोल्न सक्दैनन् । यो माफियाको डर हो । म उनको मुल्यांकन गर्न चाहन्नँ र उनले के सोच्छन् भन्नका लागि मसँग हैसियत पनि छैन ।’

कंगनाले उनले विभिन्न बिषयमा ट्विट गर्दै आएको भन्दै यो बिषयमा उनको मनमा डर रहेको बताइन् । भनिन्–‘आफू वा आफ्ना सन्तानलाई बहिष्कार गर्न सक्ने धम्की होस् या उनीविरुद्ध ग्रुपिज्म हुने डरले उनले नबोलेको हुनुपर्छ । नत्र, उनी किन वधाई सहितको ट्विट गर्न सक्दैनन् ?’

सामाजिक संजालमा राम मन्दिर निर्माणको बिषयमा वधाई पनि नदिएको भन्दै अमिताभको आलोचना पनि भैरहेको छ । यसपछि उनले गरेका हरेक ट्विटमा नकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments