Thursday, April 25, 2024
Homeअर्थतन्त्रसेयर कारोबारमा निषेधाज्ञाको सीधा प्रभाव परे पनि सूचकमा हरियाली

सेयर कारोबारमा निषेधाज्ञाको सीधा प्रभाव परे पनि सूचकमा हरियाली

काठमाडौं : सेयर बजारमा निषेधाज्ञाको सीधा प्रभाव परेको छ । विशेष गरी खरिदबिक्री रकम प्रभावित भएको छ । कारोबार खुम्चिए पनि बजार मापक नेप्से सूचक भने हरियो बनेको छ । लगानीकर्ताहरु चहलपहल गर्न नपाउँदा खरिदबिक्रीमा प्रत्यक्ष प्रभाव परेको हो । निषेधाज्ञामा आवातजावतमा समेत निकै कडाई गरिएको छ । जसका कारण औसत भन्दा खरिदबिक्री रकम निकै तल आएको हो । पछिल्ला दिनहरुमा औसतमा १ अर्ब हाराहारीमा सेयर कारोबार हुने गरेको थियो ।    यसबाहेक कोरोना संक्रमण बढ्दै जाँदा सर्वसाधारण लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बस्नुलाई पनि अस्वभाविक मान्न मिल्दैन । अल्पकालमा विभिन्न समस्याहरुले सेयर बजार केही सुस्त देखिए पनि दीर्घकालमा भने यसको भविष्यमा निकै राम्रो रहेको अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ । हुन त सूचीकृत कम्पनीहरुको नाफामा कोरोना प्रभाव केही हदसम्म परेको छ ।

तर यसका बाबजुत पनि वित्तीय प्रणालीमा सहज तरलता अनि सस्तो ब्याजदरले अन्ततः सेयर बजारको गति माथितिरै लाग्ने विश्वास गर्न सकिन्छ । आम लगानीकर्ताले सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था केलाउन सक्नुपर्छ । आफ्नै किसिमका किनबेच अनि होल्डको रणनीति तय गर्न आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, वितरण गर्न सक्ने नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका सूचकमा ख्याल गर्न सक्नुपर्छ ।    नेप्से सूचक ६.२८ अंकले बढेर १३९७.५७ विन्दुमा आइपुगेको छ । १८२ कम्पनीको ३९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२ लाख १४ हजार ५१४ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये २ वटाबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५६.८२ अंकले बढेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments