Friday, April 19, 2024
Homeमनोरञ्जनहास्य अभिनेत्री पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल

हास्य अभिनेत्री पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल

२६ फागुन, काठमाडौँ । हास्य अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । उनका नजिकका भाइ अजु डंगोलले मिर्गौला दान गरेपछि उनको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार करिब चार घन्टाको शल्यक्रियापश्चात् मिर्गौला प्रत्यारोपन सफल भएको चिकित्सकले बताएका छन् ।

पाँच वर्षदेखि मिर्गौला समस्याले पीडित पल्पसाको गत वर्षबाट दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । सुरुमा शिक्षण अस्पताल र त्यसपछि अन्य अस्पतालमा उपचार तथा डाइलोसिस हुँदै आएको थियो । गत पुसबाट टेलिचलचित्र छायांकनमा समेत उनी फर्किएकी थिइन् ।

मिर्गौला प्रत्यारोपणपछि पल्पसाको बुधबार बेलुका होस आएको र अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।उनलाई अब केही दिन अस्पताल राखेर स्वास्थ्य अवस्था राम्रो भएपछि डिस्चार्ज गरिने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments