२८ चैत, काठमाण्डौ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न रिक्त पदहरुमा सेनाले दरखास्त आह्वान गरेको हो ।
सूचना अनुसार सैनिक कल्याणकारी महानिर्देशनालय, चिकित्साशास्त्र महाविद्यालय, कृषि विज्ञान संस्थान, सैनिक आवासीय विद्यालय, सैनिक महाविद्यालय, नेपाली सेना सुपथ मूल्य क्यान्टिनलगायतका निकायमा दरखास्त आह्वान भएको हो ।
खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गर्न लागिएको हो भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
