Saturday, April 20, 2024
Homeसमाचारभारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए, थप १९ को मृत्यु

भारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए, थप १९ को मृत्यु

३ जेठ, काठमाण्डौ । भारत २४ घण्टाको समयावधिमा एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ।

यस समयमा भारतमा ९१७ जना सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १६ हजार ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments