Friday, April 26, 2024
Homeअर्थतन्त्रनिषेधाज्ञामा पनि बिमा कम्पनीहरु खुल्ने, प्रिमियम बुझाउने म्याद थप

निषेधाज्ञामा पनि बिमा कम्पनीहरु खुल्ने, प्रिमियम बुझाउने म्याद थप

काठमाडौं : निषेधाज्ञामा पनि एक तिहाई कर्मचारीको भरमा बिमा कम्पनीहरु खुला हुने भएका छन् । बिमा समितिले बुधबार एक सर्कुलर जारी गर्दै बिमकहरुलाई एक तिहाई कर्मचारीहरुद्धारा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । समितिले निषेधाज्ञाको समयमा बिमा अवधि समाप्त भएका बिमा लेखलाई भदौ १५ गतेसम्म नवीकरण गर्न म्याद दिनुपर्ने बताएको छ ।

सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट म्याद थप्न अनुरोध गरेमा बिमालेख नवीकरण गर्ने व्यवस्था भदौ १५ गतेसम्म कायम गर्न समितिले निर्देशन दिएको हो । साथै, निषेधाज्ञा अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियम अब २०७७ भदौ १५ गतेसम्म संकलन गर्न सकिनेछ । यस अवधिको ब्याज लिन समेत पाइनेछैन ।    बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद पनि भदौ मसान्तसम्म थप गरिएको छ । यसरी थपिएको म्याद अवधिमा  जरिवान नलाग्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । निर्जीवन बिमकले तत्काल सृजना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञा अवधि समाप्त भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गर्नुपर्नेछ ।  

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments