Tuesday, April 30, 2024
Homeसमाचारमौन अवधिमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

मौन अवधिमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

२९ वैशाख, गोरखा । मौन अवधिमा चुनावी गतिविधि गरिरहेका कांग्रेस र माओवादी कार्यकर्ताबीच बुधबार राति झडप भएको छ ।

अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा राति १० बजेतिर भएको झडपमा माओवादीका दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

कुटाकुट हुँदा स्थानीय बेलबहादुर गुरुङको दुईवटा दाँत भाँचिएको छ भने अर्का विष्णु भुजेल पनि घाइते भएका प्रहरीले जनाएको छ । बुधबार बिहान मतदानकेन्द्रमा भएको सर्वदलीय बैठकमा विवाद भएको विषयमा राति मापसे गरी थप विवाद हुँदा कुटाकुट भएको बुझिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments