Tuesday, April 30, 2024
Homeसमाचारशिक्षक सेवा आयोगः अनुमति पत्रको परिक्षमा अब वस्तुगत प्रश्नमात्र सोधिने

शिक्षक सेवा आयोगः अनुमति पत्रको परिक्षमा अब वस्तुगत प्रश्नमात्र सोधिने

४ चैत, काठमाण्डौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ । जसअनुसार अब परिक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको छ ।

आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्दै आएकोमा यहि चैत २ देखि लागु हुने गरि अब वस्तुगत प्रश्नमात्र सोध्ने भएको हो ।

अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

विषयगत बोझिलो तथा अव्यवहारीक भएकाले यसलाइ हटाइएको स्रोतको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments