Tuesday, April 30, 2024
Homeराजनीतिसुर्खेतः मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार एक लाखको झोला सहित...

सुर्खेतः मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार एक लाखको झोला सहित पक्राउ

२९ वैशाख, सुर्खेत । मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । बुधबार राति मौन अवधिको समयमा मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments