Tuesday, April 30, 2024
Homeअन्तर्राष्ट्रियखडेरीका कारण इथियोपियाबाट आठ लाख भन्दा बढी मानिस विस्थापित

खडेरीका कारण इथियोपियाबाट आठ लाख भन्दा बढी मानिस विस्थापित

इथियोपियामा खडेरीका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन्। साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

राष्ट्रसंघका अनुसार ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन्। उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका हुन्।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताए। उनले १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments