Friday, April 26, 2024
Homeअर्थतन्त्रप्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

१६ जेठ, काठमाण्डौ । प्रदेश १ को प्रदेशसभा बैठकको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् ।

आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशले सबै मन्त्रालयलाई आफ्ना प्राथमिकता, सिद्धान्त तथा कार्यक्रमको मार्गनिर्देशन पनि गरिसकेको छ । यस्तै बजेटको सिलिङ पनि तोकेको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments