Tuesday, May 21, 2024
Homeअन्तर्राष्ट्रिय६ हजार रुसी सैनिक युक्रेनमा मारिएको अमेरिकी अधिकारीको अनुमान

६ हजार रुसी सैनिक युक्रेनमा मारिएको अमेरिकी अधिकारीको अनुमान

एजेन्सि । अमेरिकी अधिकारीले युक्रेनमा करिब ६ हजार रुसी सैनिक मारिएको हुन सक्ने जनाएका छन् । सीबीएस न्युजसँगको कुराकानीमा अधिकारीले ५ देखि ६ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन् ।

रुसले युक्रेनमा आक्रमण शुरु गरेयता १५ देखि १८ हजार रुसी सैनिक घाइते भएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । आफ्नो नाम नबताउने शर्तमा ती अमेरिकी अधिकारीले यस्तो जानकारी दिएका हुन् । रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

युक्रेनले भने १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । गत साता रुसले भने ५ सयभन्दा कम रुसी सैनिक युद्धको क्रममा मारिएको बताएको थियो । युद्धको क्रममा दुवै पक्षले गर्ने यस किसिमका दाबी आधिकारिकरुपमा भने पुष्टि हुन सकेको छैन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments